काठमाण्डु– बिहीबार सेयर बजार ४३ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से ३०००.८१ अंकमा कायम भएको छ । जुन अंक तीन वर्ष यताकै उच्च हो ।
यस्तै बिहीबार २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।
आज १०५ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने एकको स्थिर रह्यो ।
बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५.६५ प्रतिशत बढ्यो । त्यसबाहेक विकास बैंक १.२८, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे ।
फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशतले घटे ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमशः अगाडि रहे ।
प्रतिक्रिया