काठमाण्डु – साताको तेस्रो कारोबारको दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् सोमबार ५५.८८ अंक बढेर २०६५.८९ विन्दुमा बन्द भएको नेप्से आज ३.४८ अंक बढेर २०६९.३८ विन्दुमा पुगेको छ ।
मंगलबार प्रि-ओपन सेसनमा २७ स्टकको १८ लाख ३८ हजार ९३१ रुपैयाँ बराबरको तीन हजार ६२० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २० स्टकको मूल्य बढेको छ भने पाँच स्टकको मूल्य घटेको छ ।
प्रतिक्रिया