बिहीबार नेप्से २८ अंकले बढ्यो

बिहीबार नेप्से २८ अंकले बढ्यो


काठमाण्डु- साताको पाँचौँ दिन बिहिबार सेयर बजारमा २७ अंकको सुधार देखिएको छ। कारोबारको सुरुदेखि केहि समय स्थिर रुपमा रहेको बजार अन्त्यमा २७.७२ अंकले बढेर परिसूचक २०६८.४२ बिन्दुमा रोकिएको छ ।

बजारमा आज २२० कम्पनीको ५१ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४१ हजार पटकको खरिदबिक्रीसँगै कुल कारोबार रकम २ अर्ब पुगेको छ।

कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको ७.६१, विकास बैंक ११७, वित्त कम्पनी ५३.९३, जलविद्युत ७२.३४, जीवन बीमा ५२.२०, उत्पादन तथा प्रशोधन समूहको ५३.२०, माइक्रोफाइनान्स ६१.४१, निर्जीबन बीमा समूहको उपसूचक ५६.५० अंकले बढेको छ ।