काठमाण्डु – एक सातापछि आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार बजार मापन गर्ने सूचक २१.३० अंकले बढेर परिसूचक १९३४.०४ बिन्दुमा रोकिएको छ ।
आज २३१ कम्पनीका ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले बढेर ३७६.१७ बिन्दु पुगेको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको १०.९१, विकास बैंक ६०.०३, वित्त कम्पनी ३४.११, जलविद्युत २०.७८, जीवन बीमा ९६.२२, उत्पादन तथा प्रशोधन ९०.६५, माइक्रोफाइनान्स ५३.५८, निर्जीबन बीमा समूहको उपसूचक ५८.७७ अंकले बढेको छ । बजारमा हरियाली छाउँदा बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया