बिहीबार नेप्से २५ अंकले बढ्यो

बिहीबार नेप्से २५ अंकले बढ्यो


काठमाण्डु – आज सेयर बजारमा केही सुधार देखिएको छ । बिहिबार बजार मापन गर्ने सूचक २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा रोकिएकोे छ ।

आज ४३ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ ।आज सबैभन्दा बढी कमाउनेमा ५ कम्पनीमा चारवटा हाइड्रोपावर कम्पनी रहेको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको १२.२७, विकास बैंक ६४.९१, वित्त ३७.२५, जलविद्युत ६१.६९, जीवन बीमा ५६.७४, माइक्रोफाइनान्स ३८.४०, उत्पादन तथा प्रशोधन १०२.८९, निर्जीबन बीमा १०२.१७, अन्य समूहको उपसूचक २२.६९ बिन्दुमा रोकिएको छ ।