काठमाण्डु – साताको दोश्रो कारोबार दिन साेमबार नेप्से परिसूचकमा १.२५ प्रतिशतले ओरालो लागेको छ । आइतबार २.१६ अकले वृद्धि भएको नेप्से साेमबार २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आएर रोकिएको छ ।
यस्तै, सेन्सेटिभ इन्डेक्सममा पनि १.३५ प्रतिशतले ओरालो लागेका छ । ४१ लाख २७ हजार बढीको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख बढीको कारोबार भएको छ ।
यस्तै १८९ कम्पनीहरुको कारोबार हुँदा जम्मा १४ कम्पनीमा वृद्धि भएको छ । १८१ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ त्यस्तै, सयपत्री हाइड्रोपावर ३.१२ प्रतिशत, एनआइसि एसिया २.५६ प्रतिशतले वृद्धि भएको छ ।
यता, रिडी पावर कम्पनीमा ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ, शिभम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार ६६२ रुपैयाँ र नबिल बैंक ८ करोड ४७ लाख बढीको कारोबार छ ।
सोमबार सबै उप सुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र माइक्रो फाइनान्समा २ प्रतिशत बढिले ओरालो लागेको छ ।
प्रतिक्रिया