प्रि-ओपन सेसनमा नेप्से उकालाे लाग्याे

प्रि-ओपन सेसनमा नेप्से उकालाे लाग्याे


काठमाण्डु- प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ ।

२९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल २२ कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको र २ कम्पनी स्थिर छ ।

१३ उपसूचकहरुमध्ये अन्य इन्डेक्समा ओरालो लागेको र ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै उपसूचकहरूमा हरियाली छाएको छ ।