आइतबार २० अंकले बढ्यो सेयर बजार

आइतबार २० अंकले बढ्यो सेयर बजार


काठमाण्डु- साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार बढेर २१६४.४८ अंकमा पुगेको छ । आज नेप्सेमो १ करोड ४१ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा बढी आज हिमालयन डिस्टिलरीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको २ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ भने सिभम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार रुपैयाँ बराबरको ५७५ कित्ता सेयर कारोबार भएको छ ।

आज खप्तड लघुवित्त र बारही हाइड्रोपावरको सेयरमा सर्किट लागेको छ ।