मंगलबार नेप्से ओरालो लाग्यो

मंगलबार नेप्से ओरालो लाग्यो


काठमाण्डु- साताको तेस्रो कारोबार दिन सेयर बजार ३.०७ अंकले ओरालो लागेको छ । मंगलबार नेप्से ३.०७ अंकले ओरालो लागेर १९०४.९८ विन्दुमा रोकिएको हो ।

आज २९ लाख ७५ हजार कित्ता सेयर बिक्री भएको छ । दिनभरिमा २४ हजार पटक कारोबार भए पनि कारोबार रकम १ अर्ब पनि पुगेको छैन । त्यस्तै आज ८७ करोड ४ लाख ४८ हजारको सेयर किनबेच भएको छ ।

आज सर्वाधिक कारोबार भने प्रभु बैंक प्रोमोटर सेयरको ५ करोड २६ लाखको भएको छ। यसबाहेक शिवम् सिमेन्ट ३ करोड ९८ लाख, नेष्डो सम्वृद्ध लघुवित्त ३ करोड ३६ लाख, एनआईसी एसिया २ करोड ६५ लाख र हिमालयन डिस्टिलरीको २ करोड ४२ लाखको सेयर कारोबार भएको छ ।