बिहीबार नेप्से दोहोरो अंकले ओरालो लाग्यो

बिहीबार नेप्से दोहोरो अंकले ओरालो लाग्यो


काठमाण्डु- साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से १५.७३ अंकले ओरालो लागेर १९०४.४० विन्दुमा झरेको हो ।

आज ९८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । आज २६७ धितोपत्रको २३ हजार २६५ कारोबारबाट ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच भएको छ ।

कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोको मूल्य सबैभन्दा धेरै सकारात्मक सर्किट लेवलमा कारोबार भयो । सनराइज ब्लूचिप फण्ड, सनराइज फस्ट म्यूचअल फण्ड र एभरेष्ट बैंकको मूल्य धेरैले बढेको छ ।