शेयर बजार दोहोरो अंकले घट्यो

शेयर बजार दोहोरो अंकले घट्यो


काठमाण्डु – शेयर बजार आज बिहीबार दोहोरो अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज बिहीबार ११ दशमलव ०४ अंकले घटेर १ हजार ९५६ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज बिहीबार म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तको शेयर झण्डै १० प्रतिशत र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको शेयर झण्डै साढे ९ प्रतिशतले बढेको छ ।

आज बिहीबार ३५ लाख ६२ हजार कित्ता शेयर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएको जनाइएको छ ।a