नेप्सेमा सामान्य गिरावट

नेप्सेमा सामान्य गिरावट


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार सामान्य गिरावट आएको छ ।

आज बुधबार नेप्से ५.८३ अंकले घटेर १ हजार ८५८ दशमलव ५६ विन्दुमा बन्द भएको छ ।

शेयर बजारमा बुधबार ८१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका ६८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीकोे शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।