काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ ।
आज बिहीबार नेप्से ११.८५ अंकले घटेर बन्द भएको छ । शेयर बजार पछिल्ला ३ दिन लगातार बढे पनि हप्ताको अन्तिम दिन घटेको छ ।
नेप्से परिसूचक घटेर १ हजार ८५२.०८ विन्दुमा झरेको छ । हिजो बुधबार नेप्से ५.१७ अंकले बढेको थियो ।
बिहीबार ८३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार ७८ करोड २७ लाख रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार २८२ धितोपत्रका २८ लाख ३३ हजार ७३१ कित्ता खरिद–बिक्री भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
प्रतिक्रिया