नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक १० दशमलव १० अंकले घटेर १ हजार ८३७ दशमलव ७१ को विन्दुमा बन्द भएको छ ।

मंगलबार २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता शेयर ३८ हजार ५८४ पटक खरिद–बिक्री हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ बराबरको कारोबार भएको छ ।

सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा मंगलबार सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव ५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेडको ३६ करोड २९ लाख ५७ हजार ४२४ बराबरको ८ लाख ३१ हजार ३५० कित्ता शेयर किनबेच भएको जनाइएको छ ।