नेप्से परिसूचकमा झिनो सुधार

नेप्से परिसूचकमा झिनो सुधार


काठमाण्डु – शेयर बजार नेप्से परिसूचकमा आज बुधबार सामान्य सुधार भएको छ ।

अघिल्लो दिन १० अंकले घटेको नेप्से परिसूचक आज बुधबार ३.३३ अंकले बढ्दै १ हजार ८४१.०४ अंकमा उक्लिएको छ ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार १ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको ३७ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ । अघिल्लो दिन मंगलबार १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको थियो ।

आज बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निजीवन बीमा, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य बुधबार १० प्रतिशतले बढेको छ भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ ।