नेप्से परिसूचक उकालो

नेप्से परिसूचक उकालो


काठमाण्डु – धितोपत्र बजारमा बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ६ दशमलव ५५ अंकले उकालो लागेर १ हजार ९९४ दशमलव ६० बिन्दुमा पुगेर बन्द भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ०६ अंकले उकालो लागेर ३७६ दशमलव ३६ मा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार ५ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ८ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ ।

कूल ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । कम्पनीको १६ करोड ४ लाख ७८ हजार ४३१ मूल्य बराबरको कारोबार भएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ११ करोड ४९ लाख ८८ हजार ७९१, हाथवे इन्भेस्टमेन्ट ९ करोड १३ लाख ७९ हजार ८३५, शिवम् सिमेन्ट ९ करोड १२ लाख १९ हजार ७५८ र आईएमई लाइफ इन्स्योरेन्स ७ करोड ७५ लाख ८४ हजार ३१२ बराबरको कारोबार भई शीर्ष ५ मा पर्न सफल भएका छन् ।