नेप्से परिसूचक २० अंकले बढ्यो

नेप्से परिसूचक २० अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज मंगलबार २० अंकले बढेको छ ।

नेप्से आज मंगलबार २० दशमलव ६२ अंकले बढेर २ हजार ८० दशमलव १२ विन्दुमा पुगेको छ ।

मंगलबार जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

बजारसँगै कारोबार रकम समेत बढेको छ । मंगलबार १ करोड ७९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएकोमा सबैभन्दा धेरै निफ्राको ८ लाख ५१ हजार कित्ता शेयर किनबेच भएको छ ।