नेप्से परिसूचक ९.५० अंकले बढ्यो

नेप्से परिसूचक ९.५० अंकले बढ्यो


काठमाण्डु – नेप्से परिसूचक आज बुधबार ९.५० अंकले बढेको छ ।

गत सोमबारदेखि लगातार बढिरहेको नेप्से बुधबार पनि बढेर २०८९.६२ विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रूपैयाँको कारोबार भएको छ । हिजो मंगलबार ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रूपैयाँको शेयर कारोबार भएको थियो ।

बुधबार ३०१ वटा धितोपत्रको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर किनबेच भएको छ । आज ११८ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ वटाको मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको परिसूचक बढेको छ ।