नेप्से परिसूचक ९.४४ अंकले बढ्यो

नेप्से परिसूचक ९.४४ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार मापक नेप्से परिसूचक मंगलबार ९.४४ अंकले बढेको छ ।

मंगलबार नेप्से ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१५ धितोपत्रका ७६ लाख २४ हजार ३७६ कित्ता शेयर २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

१३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक बढेको छ । २ वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । साम्लिङ पावर कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।