काठमाण्डु – शेयर बजारमा नेप्से परिसूचक १५.३३ अंकले बढेको छ ।
आज सोमबार ०.७३ प्रतिशतले बढेको नेप्से २ हजार १०१.१६ अंकमा पुगेको छ ।
सोमबार कूल १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको मूल्य घटेको र ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सबै उपसमूह बढ्दा अन्य उपसमूह सामान्य अंकले घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा १८३.६६ अंकले बढेको छ ।
बजारमा बेटलर्स नेपाल, समाज लघुवित्त वित्तीय संस्था, कुथेली बुखारी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, बलेफि हाइड्रोपावर, जोशी हाइड्रोपावर विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी हिमालय रि–इन्स्योरेन्सको २३ करोड २ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया