नेप्से परिसूचक ३०.५६ अंकले घट्यो

नेप्से परिसूचक ३०.५६ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार ३०.५६ अंकले घटेको छ ।

हप्ताको तेस्रो दिन १.४५ प्रतिशतले घटेको नेप्से झरेर २ हजार ७०.५९ अंकमा पुगेको छ ।

मंगलबार शेयर बजारमा कूल ४ अर्ब ६६ करोड ७१ लख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार ४० कम्पनीको शेयर मूल्य बढ्दा २०३ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार सबैभन्दा बढी निर्जीवन बीमा उपसमूह १९७.९७ अंकले घटेको छ । बोटलर्स नेपाल, समाज लघुवित्त वित्तीय संस्था, सुपर माई हाइड्रो पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।