नेप्से परिसूचक ९.३४ अंकले बढ्यो

नेप्से परिसूचक ९.३४ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ ।

मंगलबार नेप्से ९.३४ अंकले बढेर २ हजार १ दशमलव ६४ विन्दुमा बन्द भएको छ ।

नेप्सेमा मंगलबार १ अर्ब ८६ करोड ९८ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४३ वटाको बढेको छ भने ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १६ कम्पनीको शेयर मूल्य स्थिर छ ।

मंगलबार ३ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि ९.२६ प्रतिशतले बढेको छ ।

मंगलबार चिख्र्वा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ । कम्पनीको शेयर मूल्य ५.०६ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । कम्पनीको १४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।