नेप्से परिसूचक ९.३३ अंकले बढ्यो

नेप्से परिसूचक ९.३३ अंकले बढ्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.३३ अंकले बढेको छ ।

हिजो मंगलबार उच्च अंकको गिरावट आएको नेप्सेमा आज मंगलबार सामान्य सुधार भएको छ ।

नेप्से आज २ हजार १७ दशमलव ०३ अंकमा पुगेको छ । आज विभिन्न ३०८ कम्पनीका ९१ लाख ३८ हजार १५४ कित्ता शेयर ५८ हजार ९४० पटक खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्ड बाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोजगार लघुवित्त वित्त विकास बैंकको ८ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ दशमलव ६७, गुर्खाज फाइनान्सको ८ दशमलव ०९ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।