काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज बिहीबार १३.५१ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उकालो लागेर २ हजार ३० दशमलव ५५ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ९० अंकले उकालो लागेर ३६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कूल ८९ लाख २९ हजार १५२ कित्ता शेयर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ५६ करोड २० लाख बराबरको कारोबार भएको छ ।
शिवम् सिमेन्ट १६ करोड ४१ लाख २२ हजार ८६२, सोनापुर मिनरल्स १३ करोड ४१ लाख ४२ हजार ४८४, मैलुङ हाइड्रोपावर १३ करोड ३७ लाख ७४ हजार ३६१ र हाथवे इन्भेस्टमेन्टको ९ करोड ७९ लाख ५६ हजार ३५६ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।
पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिर्खवा हाइड्रोपावर ८ दशमलव ९७, मध्य भोटेकोशी जलविद्युत् कम्पनी ६ दशमलव ०८, बुद्धभूमि नेपाल हाइड्रोपावर ५ दशमलव ९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ५ दशमलव ६४ प्रतिशतले कमाएका छन् । कारोबार भएकामध्ये आज २७६ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।
एनआईसी एशिया ग्रोथ फण्ड दोस्रो ६ दशमलव २१, सामलिङ पावर कम्पनी ५ दशमलव ०२, बोटलर्स नेपाल तराई ४ दशमलव ३५, एनएमबी ५३ दशमलव ८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतले गुमाएका छन् ।
बिहीबार कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ ।
प्रतिक्रिया