नेप्से परिसूचक ६.२४ अंकले घट्यो

नेप्से परिसूचक ६.२४ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार ६.२४ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज मंगलबार घटेर २ हजार ६७ दशमलव २९ विन्दुमा झरेको छ ।

नेप्सेमा आज ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १०४ वटाको शेयर मूल्य बढ्दा १२८ कम्पनीको शेयरमूल्य घटेको छ भने बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

मंगलबार ६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । मूल्य वृद्धि हुने कम्पनीमा बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेड, सर्वोत्तम सिमेन्ट लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को शेयर मूल्यमा उच्च गिरावट आएको छ । सिद्धार्थको शेयरमूल्य मंगलबार ७.०८ प्रतिशतले घटेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । मंगलबार कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।