काठमाण्डु – शेयर बजार परिसूचक नेप्से आज बिहीबार दोहोरो अंकले घटेको छ ।
नेप्से परिसूचक १५.३७ अंकले घटेर २ हजार ४८.५७ विन्दु झरेको छ । बिहीबार शेयर बजारमा कारोबार रकम ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ ।
बुधबार शेयर बजार ३.३४ अंकले घटेर २ हजार ६३.९५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ थियो ।
बिहीबार ४९ कम्पनीको शेयर मूल्य बढेकाले लगानीकर्ताले कमाएका छन् । १८७ कम्पनीका शेयर लगानीकर्तालाई नोक्सान भएको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको जनाइएको छ ।
बिहीबार धौलागिरी लघुवित्तको शेयर मूल्य बढेर सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली विकास बैंकको शेयर मूल्य बढेको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीहरूमा आज माछापुछ्रे विकास बैंक अगाडि छ । बैंकको संस्थापक शेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ ।
प्रतिक्रिया