नेप्से परिसूचक १७.०१ अंकले घट्यो

नेप्से परिसूचक १७.०१ अंकले घट्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सोमबार दोहोरो अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २ हजार ३१ दशमलव ५५ बिन्दुमा कायम भएको छ ।

सोमबार ३०४ कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २३६ पटक खरिदबिक्री हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूह ० दशमलव ४५, उत्पादन तथा प्रशोधन २ दशमलव १९, म्युचुअल फन्ड ० दशमलव १९ र व्यापार समूह ० दशमलव ३० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ १ दशमलव २२, विकास बैंक १ दशमलव ४९, वित्त ० दशमलव ८५, जलविद्युत् १ दशमलव १२ र लगानी समूह ० दशमलव ३६ प्रतिशतले घटेको छ । जीवन बीमा समूह ० दशमलव ९६, उत्पादन २ दशमलव २५, निर्जीवन बीमा ० दशमलव ७७ र अन्य समूह ० दशमलव ५४ प्रतिशतले घटेको छ ।