काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ । यससँगै सूचक २०२२.३१ विन्दुमा अडिएको छ । ३६ कम्पनीको ४ हजार ३ सय ३१ कित्ता सेयर कारोबार हुँदा १५ लाख ६६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१३ कम्पनीको भाउ बढ्दा १८ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।
प्रतिक्रिया