नेप्से परिसूचक १५.५४ अंकले बढ्यो

नेप्से परिसूचक १५.५४ अंकले बढ्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १५.५४ अंकले बढेको छ ।

बुधबार नेप्से ०.७३ प्रतिशतले बढेर २ हजार १३१.४९ विन्दु कायम भएको छ ।

बुधबार शेयर बजारमा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर ७८ हजार ५१ पटक किनबेच भएको छ ।

बुधबार ३१८ वटा कम्पनीको शेयर कारोबारमा ८१ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार सेन्सेटिभ इन्डेक्स ५.०६ अंक, फ्लोट इन्डेक्स १.५३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२४ अंकले बढेको छ ।

बुधबार सबैभन्दा बढी होटल एण्ड टुरिज्म क्षेत्रको शेयर बढेको छ । होटल समूह ९८.२४ अंकले बढेको छ ।