काठमाण्डु – मंगलबार नेप्से परिसूचक ५.६० अंक बढेर २०७१.७७ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.२० अंक र फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१६ अंकले घटेको छ।
मंगलबार पछिल्ला ४ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको फाइनान्स उपसमूह परिसूचक घटेको छ। १३ उपसमूहमध्ये यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २.१५ प्रतिशत घटेको छ।
बैंकिङ, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक पनि सामान्य घटेको छ। ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशत र होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्से बढे पनि यस दिन कारोबार रकम घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३१९ स्टकको ६० हजार ८५८ पटकको कारोबारमा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको ९४ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया