नेप्से परिसूचक ११.६० अंकले घट्यो

नेप्से परिसूचक ११.६० अंकले घट्यो


काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।

लगातार ३ दिन बढेको शेयर बजार बुधबार घटेर बन्द भएको छ ।

बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ६० विन्दुमा झरेको छ । बुधबार ४७ कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ ।

बुधबार ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।