नेप्से २१.२७ अंकले बढ्दा कारोबार रकम ६ अर्ब बढी

नेप्से २१.२७ अंकले बढ्दा कारोबार रकम ६ अर्ब बढी


काठमाण्डु – आइतबार नेप्से परिसूचक २१.२७ अंक बढेको छ । नेप्से आज २१४०.९७ विन्दुमा पुगेको छ। त्यसैगरी, आइतबार सेन्सेटिभ इण्डेक्स ३.५२, फ्लोट इण्डेक्स १.२९ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ।

गत सोमबारदेखि उकालो लागेको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आज कारोबार रकम ६ अर्ब नाघेको छ। यस दिन ३२५ स्टकको ८० हजार ८३८ पटकको कारोबारमा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ५.२५ प्रतिशत बढेको छ। नेशनल लघुवित्त, फरवार्ड लघुवित्त र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। मैलुङ खोला जलविद्युत कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुडविल फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । हिमालयन रिइन्स्योरेन्सको साढे १५ करोडको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १४ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।