नयाँ अर्थमन्त्री नियुक्त भएको दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक

नयाँ अर्थमन्त्री नियुक्त भएको दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारबाट नयाँ अर्थमन्त्री नियुक्त भएको दिन शेयर बजार नेप्से परिसूचक घटेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेकै दिन शेयर बजार १७.१८ अंकले घटेको हो ।

सोमबार घटेर नेप्से परिसूचक २ हजार २४० अंकमा झरेको छ । सोमबार ५६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८४ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर छ ।

सोमबार नेप्सेमा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको २ करोड ५० लाख कित्ता शेयर किनबेच भएको छ । आज सिभिल बैंक डिबेञ्चर २०८८ र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १०–१० प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र एनआईबीएल ग्रोथ फन्डको शेयर मूल्य समान ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबार भएका १३ वटा समूहमध्ये ४ वटा समूहको सूचक बढेका छन् । बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह घटेका छन् ।

सोमबार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै किनबेच भएको छ । कम्पनीको आज ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।