काठमाण्डु – मंगलबार सेयर बजार ७५.३३ अंक बढेर २५६३ अंकमा कायम भएको छ । नेप्से समग्रमा ३.०२ प्रतिशत बढेको हो । यो अंक १६ चैत २०७८ यताकै उच्च हो ।
मंगलबार कारोबार रकम पनि सोमबारको तुलनामा केही बढेको छ । सोमबार १३ अर्ब ९१ करोडको कारोबार भएकोमा मंगलबार १४ अर्ब ११ करोड पुग्यो । २२० कम्पनीको मूल्य बढ्दा २० कम्पनीको मूल्य घट्यो । २ कम्पनीको मूल्य स्थिर रह्यो ।
बैंकिङ २.३९, विकास बैंक २.९६, फाइनान्स २.५३, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बीमा ४.४५, उत्पादन ३.७७, माइक्रोफाइनान्स १.३९, निर्जीवन बीमा ४.३७, अन्य १.७३ र व्यापार समूह ५.०६ प्रतिशत बढे ।
मंगलबार बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, साहस ऊर्जा र हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । युनिभर्सल पावरको ९.८ तथा पिपुल्स पावरको मूल्य ८.७ प्रतिशत बढ्यो ।
प्रतिक्रिया