२७.३२ अंक घटेर २५३६ अंकमा ओर्लियो नेप्से, १६ अर्ब बढीको कारोबार

२७.३२ अंक घटेर २५३६ अंकमा ओर्लियो नेप्से, १६ अर्ब बढीको कारोबार


काठमाण्डु – बुधबार नेप्से परिसूचक २७.३२ अंक घटेर २५३६ अंकमा ओर्लिएको छ । साउन महिना लागेपछि नेप्से आज पहिलो दिन घटेको हो ।

बुधबार ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घट्यो भने दुई कम्पनीको मूल्य स्थिर रह्यो । आज १६ अर्ब २० करोड रुपैयाँ कारोबारको सेयर कारोबार भयो । यो कारोबार रकम ३५ महिनायताकै उच्च रहेको नेप्सेले जनाएको छ ।

आज फाइनान्स र होटल तथा पर्यटनबाहेक सबै क्षेत्रका सूचक घटेका छन् । आज फाइनान्स १.१६ प्रतिशत र होटल तथा पर्यटन समूह ८ अंक बढेका छन् । व्यापार समूहको सूचक सबैभन्दा धेरै ३ प्रतिशत घट्यो ।

बैंकिङ १७, विकास बैंक २९, हाइड्रोपावर ५०, जीवन बीमा ३८, उत्पादन ९७, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा १८, अन्य ३६ र ब्यापार समूह ११९ अंक घटे ।

समग्र बजार घट्दा बोटलर्स नेपाल तराई, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशत बढ्यो ।

चिरख्वा हाइड्रोपावरको ७.७, सुपरमादी हाइड्रोपावरको ६, थ्रीस्टार हाइड्रोपावरको ५.९ तथा मुक्तिनाथ कृषि कम्पनीको मूल्य ५.७ प्रतिशत घट्यो ।