२६९६ मा उक्लियो नेप्से, १७ अर्ब बढीको कारोबार

२६९६ मा उक्लियो नेप्से, १७ अर्ब बढीको कारोबार


काठमाण्डु – मंगलबार नेप्से परिसूचक ३५.५५ अंक बढेर २६९६ अंकमा उक्लिएको छ । सोमबार २०.६३ अंक घटेको नेप्से मंगलबार बढेको हो ।

मंगलबार १७ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज १८९ कम्पनीको सेयर मूल्य बढ्यो । ४७ कम्पनीको सेयर मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ५.९९, फाइनान्स ५.९८, हाइड्रोपावर ३.१२, लगानी ३.१५, जीवन बीमा ०.५८, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९८, अन्य ३.५ र विकास बैंक सूचक २.४० प्रतिशत बढेका नेप्सेले जनाएको छ । मंगलबार बैंकिङ ०.७६, व्यापार ०.५७, निर्जीवन बीमा ०.३६ प्रतिशत घटे ।

आज प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत्, नेपाल वेयरहाउजिङ कम्पनी तथा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

एसियन हाइड्रोपावरको १०, गणपति लघुवित्तको ६.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो ।