आज पनि २२ अंकले घट्यो नेप्से, ६ अर्बको कारोबार

आज पनि २२ अंकले घट्यो नेप्से, ६ अर्बको कारोबार


काठमाण्डु– बुधबार पनि सेयर बजारले ओरालो यात्रा कायम राखेको छ ।

आज नेप्से २२.७३ अंकले घटेर २६१० को अंकमा झरेको छ ।

यस्तै आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारमा आएका १७४ वटा कम्पनीको सेयरमूल्य पनि घट्यो । बाँकी ६६ वटा कम्पनीको भने सामान्य रकमले मूल्य बढेको हो ।

बजार घट्दा पनि फाइनान्स, निर्जीवन बीमा तथा व्यापार समूहको कम्पनीका लगानीकर्ताले मूल्य बढ्दा राहत महशुस गरे। यी समूहको अधिकांश कम्पनीको सेयरमूल्य बढेको छ।

कम्पनीगत रुपमा भने आज वीन लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने थ्री स्टार हाइड्रो, समाज लघुवित्त, कालिका लघुवित्त, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनी सर्वाधिक कमाए।

एसियन हाइड्रो ६.८८ र , कर्पोरेट विकास बैंकको ५.२६ प्रतिशतले मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सीईडीबी हाइड्रोको सेयर कारोबार भएको छ । कम्पनीको ३४ करोड रुपैयाँको कारोबार भएको छ।