नेप्से २६०० विन्दुभन्दा तल झर्‍यो, ७ अर्ब ३६ करोडको कारोबार

नेप्से २६०० विन्दुभन्दा तल झर्‍यो, ७ अर्ब ३६ करोडको कारोबार


काठमाण्डु – साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर ५७.०३ अंक घटेर २५८०.७६ विन्दुमा झरेको छ। दुई महिनापछि नेप्से २६०० विन्दुभन्दा तल झरेर बन्द भएको हो ।

यस अघि साउन १० गते नेप्से २६०० विन्दुभन्दा तल थियो । सोमबार नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ८.५४, फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०५ अंक घटेको छ।

नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ। आइतबार १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ३१२ स्टकको ९२ हजार ८१५ पटकको कारोबारमा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुडविल फाइनान्सको शेयरमूल्य आज सर्वाधिक ९.९१ प्रतिशत घटेको छ। थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब साढे ९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रह्यो । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ५।६६ प्रतिशत घटेको छ। भने निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।