काठमाण्डु–बुधबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ ।आज नेप्से परिसुचक ४ अंकले घटेर २५ सय ७६ अंकमा झरेको छ ।
आज १ करोड ३९ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ६६ करोडको मात्र कारोबार भयो । कारोबारमा आएका मध्ये १६३ कम्पनि ओरालो लागेका छन् भने ७४ कम्पनि बढेका छन् । ७ वटा कम्पनि स्थिर रहेका छन् ।
आज दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटे ।
कालिका लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । स्वरोजगार लघुवित्तको ७.९, रावा इनर्जीको ७.३, भूगोल इनर्जीको ७, सुपरमाइ हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो ।

गुडविल फाइनान्सको ६.७, आत्मनिर्भर लघुवित्तको ६.३, समृद्धि फाइनान्सको ५.९, समाज लघुवित्तको ५.८ प्रतिशत मूल्य घटेको छ । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा तथा गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।
प्रतिक्रिया