२५ सयबाट ओरालो लाग्यो सेयर बजार, कारोबार ४ अर्बमा समेटियो

२५ सयबाट ओरालो लाग्यो सेयर बजार, कारोबार ४ अर्बमा समेटियो


काठमाण्डु– बुधबार उकालो लागेको सेयर बजार आज फेरि घटेको छ ।

आज नेप्से ३२.८१ अंक घटेको हो । १.३० अंकले घट्दा परिसुचक २४८६ मा कायम भएको छ । १ करोड ३६ लाख कित्ता सेयर किनबेच हुदा ४ अर्ब ८४ करोडको कारोबार भएको छ ।

आज ३९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रह्यो ।कारोबार रकमका आधारमा आज अपी पावर, एनएलजी इन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

अधिकांश क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.१५, विकास बैंक १.१७, फाइनान्स २.०७, होटल तथा पर्यटन २.३४, हाइड्रोपावर २.३०, लगानी १.७०, जीवन बीमा ०.९३, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.७९, अन्य ०.९७ प्रतिशत घटे । व्यापार समूह १ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।

विन नेपाल लघुवित्तको ९.८, बोटलर्स नेपाल बालाजुको ५.०६ प्रतिशत मूल्य बढ्यो । ग्रीन भेन्चरको मूल्य १० प्रतिशत घट्यो । दोर्दी हाइड्रोपावरको ७.६, अपी पावरको ७.४, थ्रीस्टार हाइड्रोपावरको ५.७, इङ्वा हाइड्रोपावरको ६.६ प्रतिशत मूल्य घट्यो ।