काठमाण्डु – नेप्से परिसूचक आइतबार ४७.४४ अंकले घटेको छ । आज नेप्से २६९७.९१ विन्दुमा झरेको छ। नेप्सेसँगै आज सेन्सेटिभ इण्डेक्स ७.९१, फ्लो इण्डेक्स ३.२६ र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंक घटेका छन् ।
पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागेको नेप्से, आज घटेर बन्द भएको हो।
नेप्से घटे पनि आज कारोबार रकम बढेको छ। गत बिहीबार ७ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१५ स्टकको ८८ हजार ७१४ पटकको कारोबारमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । कम्पनीको शेयरमूल्य यस दिन २०९ रुपैयाँ ९० पैसा बढेर २ हजार ३०८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भयो । आज इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन ९७ रुपैयाँ ३० पैसा घटेर ८७५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । फाइनान्सको आज ४५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटे भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ प्रतिशत घटेको छ।
प्रतिक्रिया