नेप्से ५७.६५ घट्दा कारोबार रकम पनि खुम्चियो

नेप्से ५७.६५ घट्दा कारोबार रकम पनि खुम्चियो


काठमाण्डु – सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आज नेप्से परिसूचक ५७.६५ अंक घटेर २६४०.२६ विन्दुमा ओर्लिएको छ । सेन्सेटिभ इण्डेक्स ११.१४, फ्लोट इण्डेक्स ४.०६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७१ अंक घटेको छ।

आइतबार कारोबार रकम पनि घटेको छ। आइतबार ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३१९ स्टकको ७२ हजार ४२५ पटकको कारोबारमा ५ अर्ब ९० करोड ७ लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

आज सबैभनदा बढी विन नेपाल लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशत बढेको छ। ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ९.२० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको २२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।