हप्ताको २ दिन घटेको नेप्से आज उकालो, २५.८८ अंकले वृद्धि

हप्ताको २ दिन घटेको नेप्से आज उकालो, २५.८८ अंकले वृद्धि


काठमाण्डु – हप्ताका सुरुआती २ दिन आईतबार र सोमबार घटेको शेयर बजार नेप्से परिसूचक मंगलबार उकालो लागेको छ ।

नेप्से परिसूचक आईतबार ४७.४४ अंक र सोमबार ५७.९९ अंकले घटे पनि आज मंगलबार २५.८८ अंकले बढेर २ हजार ६६५.८१ अंकमा पुगेको छ ।

मंगलबार ४ वटै सूचक र १३ वटै उपसमूहको शेयर वृद्धि भएको छ । मंगलबार सर्वाधिक फाइनान्स समूहको शेयर ३.०३ प्रतिशतले बढेको छ । रावा इनर्जीको सर्वाधिक ८.८८ प्रतिशत शेयर वृद्धि भएकोमा विन नेपाल लघुवित्तका लगानीकर्ताले ४.७५ प्रतिशतले गुमाएका छन् ।

नेप्से बढे पनि कारोबार रकम घटेको छ । आईतबार ८ अर्ब १८ करोड रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता र सोमबार ५ अर्ब ९० करोड रुपैयाँ बराबरको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब १७ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर कारोबार भएको छ ।