नेप्से सूचक २०.४१ अंकले घट्दा कारोबार रकम बढ्यो

नेप्से सूचक २०.४१ अंकले घट्दा कारोबार रकम बढ्यो


काठमाण्डु – नेप्से सूचक २०.४१ अंकले घट्दा कारोबार रकम बढेको छ । बुधबार वाणिज्य बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसले शेयर बजारमा प्रभाव पार्न सकेन ।

बुधबार नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ । कारोबार रकम भने बढेको छ। बुधबार ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमा फाइनान्स र व्यापार बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ । बैंकिंग उपसमूह सबैभन्दा धेरै १.७० प्रतिशतले घटेको छ।

बुधबार आइसिएफसी फाइनान्सको सबैभन्दा धेरै ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरुमध्ये बुधबार आइसिएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

यता महुली लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.२८ प्रतिशतले घटेको छ ।