सेयर बजारमा हरियाली, ५ अर्बमाथिको कारोबार

सेयर बजारमा हरियाली, ५ अर्बमाथिको कारोबार


काठमाण्डु– केहि दिनको करेक्सन बेहोरेको सेयर बजारमा आज भने हरियाली छाएको छ । हिजो ९ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २७.४१ अंकले बढेको छ ।

१.४ प्रतिशतले नेप्से बढ्दा परिसुचक २६४५ कायम भएको छ ।

आज १ करोड कित्ता सेयर किनबेच हुदा ५ अर्ब ३४ करोडको कारोबार भएको छ ।

कारोबारमा आएका २१३ कम्पनिको सेयर मूल्य उकालो लागेका छन् भने २८ कम्पनिको सेयर मूल्य घट्यो । यस्तै २ कम्पनिको सेयर मूल्य स्थिर रहेको छ ।

आज २ कम्पनिको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनि र डोल्टी पावर कम्पनिको मूल्य १० प्रतिशतले बढ्यो ।

यस्तै रिभर फल्स पावरको ९.५४, मेन्छियाम हाइड्रोपावरको ९.१३, मायाखोला हाइड्रोपावरको ६.९९, प्रोग्रेसिभ फाइनान्सको ६.६२ तथा बेस्ट फाइनान्सको ६.५७ प्रतिशत बढ्यो ।

फाइनान्स समूह सबैभन्दा धेरै ३.४६ प्रतिशत बढ्यो । बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशत बढे ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, समृद्धि फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जानाकी फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।

पाँचथर पावरको मूल्य ६.०२ प्रतिशत, कालिन्चोक दर्शनको ४.३५, समृद्धि फाइनान्सको ३.९६, विन नेपाल लघुवित्तको २.८९, एसबीआई बैंकको २.६३ प्रतिशत मूल्य घट्यो ।