ओरालो लाग्यो नेप्से, १९४ कम्पनी राताम्मे

ओरालो लाग्यो नेप्से, १९४ कम्पनी राताम्मे


काठमाण्डु–बिहीबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से ८ अंकले ओरालो लागेर परिसुचक २७४८ अंकमा झरेको छ ।

आज १ करोड ६६ लाख बित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड बरारको कारोबार भयो । कारोबारमा आएका १९४ कम्पनीको सेयर घटेको छ भने ५० कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारका आधारमा सर्वाधिक एक्सेल डेव्लपमेन्ट बैकले कमायो । उक्त कम्पनीको ३१ करोडको कारोबार भयो ।

यस्तै आज २ कम्पनीको सेयर १० प्रतिशतले बढ्यो ।यसदिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेयो भने र मानुषी लघुवित्तको सेयर १० प्रतिशतले घट्यो ।