काठमाण्डु – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ९.९९ अंक घटेर २७३८.०६ मा ओर्लिएको छ ।
बिहीबार, घटेर बन्द भएको नेप्से आइतबार पनि घटेको हो । आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ४.२०, फ्लोट इण्डेक्स १.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२५ प्रतिशत घटेका छन् ।
आइतबार कारोबार रकम बढेको छ। बिहिबार ८ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८२ हजार ६०२ पटकको कारोबारमा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा आज एक्सेल डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो । बैंकको ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबक्री भयो ।
आज १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढ्यो भने १० उपसमूहको परिसूचक घट्यो ।
प्रतिक्रिया