काठमाण्डु – शेयर बजार परिसूचक (नेप्से) बुधबार ५.१० अंकले बढेको छ ।
बुधबार शेयर बजार बढेर नेप्से २ हजार ५८१.६० को बिन्दुमा पुगेको छ ।
यसअघि आईतबार २१.१२ अंकले घटेको नेप्से मंगलबार ३३.०८ अंकले घट्दै २ हवार ५७६.५० बिन्दुमा झरेको थियो । बुधबार नेप्से बढे पनि कारोबार रकममा भारी गिरावट आएको छ ।
बुधबार ९४ लाख ३४ हजार ९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ । यसअघि असोज २९ गते ३ अर्ब २ करोडमाथिको कारोबार भएको थियो । त्यसयता कारोबार रकम करीब निरन्तरजसो ५ अर्बमाथिको भइरहेको थियो ।
प्रतिक्रिया