नेप्से परिसूचक ७.३३ अंकले घट्यो

नेप्से परिसूचक ७.३३ अंकले घट्यो


काठमाण्डु – शेयर बजारमा बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेको छ ।

बुधबार १.८३ अंकले बढेको नेप्से बिहीबार ७.३३ अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा झरेको छ ।

बिहीबार सेन्सेटिभ इण्डेक्स ०.५४ प्रतिशतले घटेर ४३६.६२ विन्दुमा पुगेको छ । बिहीबार नेप्से घटे पनि कारोबार रकम बढेको छ ।

बिहीबार २९६ स्क्रिप्सको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

बिहीबार बोटलर्स नेपाल, विन नेपाल लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर गरी ४ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बिहीबार पोखरा फाइनान्सको शेयर १० प्रतिशत, जानकी फाइनान्सको ९.३९ प्रतिशत, कालिञ्चोक हाइड्रोपावरको ९.१५%, रिलायन्स फाइनान्सको ७.५७% र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर ७.५१ प्रतिशतले घटेको छ ।