शेयर बजार झन्डै ८ अङ्कले बढ्यो

शेयर बजार झन्डै ८ अङ्कले बढ्यो


काठमाण्डु – शेयर बजार परिसूचक नेप्से सोमबार उकालो लागेको छ । आज नेप्से सात दशमलव नौ अङ्कले उकालो लागेर दुई हजार सात सय ६५ दशमलव ४३ विन्दुमा कायम भएको छ ।

आज बैंकिङ, व्यापार, होटल, जलविद्युत्, निर्जीवन बीमा, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर उकालो लागेको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने ओरालो लागेको छ ।

आज दुई सय २५ कम्पनीका ७५ लाख ६५ हजार कित्ता शेयर तीन अर्ब ९२ करोड ९२ लाखमा किनबेच भएका छन् ।